वाणिज्य विभागले सुभाष ट्रेडर्सलाई तिरायो ३ लाख नगद, कारोबार पनि रोक्का

२०८२ साउन ०६ गते

वाणिज्य विभागले सुभाष ट्रेडर्सलाई तिरायो ३ लाख नगद, कारोबार पनि रोक्का

काठमाडौ । वाणिज्य आपुर्ति तथा उपभोक्ता हित संरक्षण विभागले सुभाष ट्रेडर्स प्रा.लिलार्ई ३ लाख रुपैयाँ जरिवाना तिराएको छ । आज (मंगलबर साउन ६) विभागले अनुगमन गरी काठमाडौ वडा नं. ३२ स्थित सुभाष ट्रेडर्सलाई नगद जरिवाना सहित वस्तु विक्रि वित्तरणमा पनि रोक लगाएको छ ।

विभागले उक्त कम्पनीलाई तीन दिनभित्र व्यवसायसँग सम्बन्धित कागजात लिएर विभागमा आउन निर्देशन दिएको छ । उक्त कम्पनीले रिलेबलि गरेको, गुणस्तर परिणाम र नापतौल तथा मूल्यमा हेरफेर गरेको विभागले भनेको छ । विभागले उपभोक्ता संरक्षण ऐन २०७५ विपरित काम गरेकाले कारवाही गरेको जनाएको छ । यस्तै द लोटस इन्टरनेशनल एजुकेसन फाउन्डेसन प्रा.लिलाई पनि नगद जरिवाना तिराएको छ ।

Advertisement:

Ad
Ad

काठमाडौ महानगरपालिका वडा नं.२८ स्थित द लोटसलाई ५० हजार रुपैयाँ नगद जरिवाना तिराएको हो । आज विभागले १० वटा संस्थामा छापा मारेको हो । १० वटा कम्पनीमा अधिकांश कसल्टेन्सीहरु रहेका छन् ।