‘२५ वर्षसम्म कम्पनी चल्नुपनि ठूलो कुरा हो,धेरै कम्पनीहरु चाँडै बन्द हुन्छ’

२०८२ जेठ ३० गते

‘२५ वर्षसम्म कम्पनी चल्नुपनि ठूलो कुरा हो,धेरै कम्पनीहरु चाँडै बन्द हुन्छ’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले देशको विकासको गति तिव्र रुपमा अगाडि बढाउन आवश्यक रहेको बताएका छन् । 
आइएमई लिमिटेडको २५ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले  आइएमई लिमिटेडले विगतदेखि नै देशको विकासमा योगदान गर्दै आइरहेको भन्दै आगामी दिनमा पनि योगदानको निरन्तरता रहने विश्वास व्यक्त गरे । 


उनले भने,‘हाम्रो देशको विकासको जुन गति छ यसलाई अझै प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने छ । सक्दाखेरी र सक्नेजति जति यो देशको लागि योगदान गर्नुभएको छ । यो योगदान चाँही निरन्तर रुपमा रहिरहोस् ।’त्यस्तै उनले प्रायजसो कम्पनीहरु चाँडै बन्द हुने अवस्था रहेकोमा आइएमई लिमिटेड २५ वर्षसम्म चल्नुपनि ठूलो कुरा रहेको धारणा राखे । उनले भने,‘ हाम्रो जस्तो देशमा २५ वर्षसम्म यसरी कम्पनीहरु चल्नुपनि ठूलो कुरा हो । धेरै कम्पनीहरुको चाँडै बन्द हुन्छ ।’

Advertisement:

Ad
Ad


त्यस्तै सोही कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमई लिमिटेडलाई रेमिट्यान्समा मात्र सिमित नराखेर अन्य विभिन्न क्षेत्रहरुमा पनि प्राथमिकता दिइएको बताए । आइएमई लिमिटेडको यो सम्भावना होला भनेर सुरुवाती चरणमा कसैले पनि नसोचेको भन्दै अहिले लोकप्रिय हुन सफल भएको बताए । 


उनले भने,‘आइएमई लिमिटेडलाई रेमिट्यान्समा मात्र सिमित नराखेर अन्य विभिन्न क्षेत्रहरुमा पनि प्राथमिकता दिइएको छ । सुरुवाती चरणमा आइएमई लिमिटेडको यस्तो सम्भावना होला भनेर कसैले सोचेको थिएन् । अहिले यति लोकप्रिय हुन सफल भएको छ ।’