२०८२ भदौ ११ गते
काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य ऐन महरलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको छ। पक्राउ परेका महरलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ।
महरविरुद्ध भदौ ९ गते नै पक्राउ पुर्जी जारी गरिएको थियो। प्रहरी स्रोतका अनुसार उनी आफैं सम्पर्कमा आएपछि अदालत लगिएको हो। महरविरुद्ध हुलाकमार्फत उजुरी दर्ता भएको र त्यसै आधारमा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा पक्राउ पुर्जी जारी गरिएको हो। साथै, महरविरुद्ध साइबर ब्युरोमा पनि छुट्टै मुद्दा दर्ता भएको छ।
एमालेले केही समयअघि आचरणसम्बन्धी विवादका कारण उनलाई केन्द्रीय सदस्य पदबाट निलम्बन गरेको थियो। तर बझाङ प्रदेश सभा क्षेत्रमा उपनिर्वाचनअघि सो निलम्बन फुकुवा गरिएको थियो।
यसअघि पनि महरविरुद्ध प्रहरी कार्यालयमा विभिन्न उजुरीहरू दर्ता भएका थिए।
प्रतिक्रिया