२०८२ वैशाख २८ गते
काठमाडौ । छोटो समयमै राम्रो सेयर मूल्य बनाएको क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सले आर्कषक वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ करोड ५ लाख रुपैयाँ नाफा कमाएको छ ।यो भनेको गत वर्षको यसै अवधिको तुलनामा ६३८.६४ प्रतिशतले बढी हो ।
कम्पनीको प्रति तिसेयर आम्दानी १.५१ रुपैयाँले बढेर १.८७ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ १०२.८८ रुपैयाँ छ । कम्पनीको बिमा शुल्क आम्दानी ३४६.४२ प्रतिशतले बढेर १९ करोड ४१ लाख रुपैयाँ पुगेको छ । जीवन बिमा कोषको आकार १४ करोड ९७ लाख रुपैयाँभन्दा धेरै छ । आइपीओ बिक्री गरेर चुक्ता पुँजी ७५ करोड रुपैयाँ पुर्याएको छ । दोस्रो बजारमा यसको सेयर मूल्य १८ सय रुपैयाँ माथि छ ।
प्रतिक्रिया