२०८१ असार ०६ गते
काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । यस दिन नेप्से १०.४४ अंकले घटेर २०६८।३१ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.५० प्रतिशतले घटेको हो ।
आज नेप्सेमा १३ उपसमूहमध्य दुई वटा उपसमूहको परिसूचक बढेका छन् भने अन्य ११ वटा उपसमूहको परिसूचक घटेका छन् । बिहिबार सर्वाधिक बढ्ने उपसमूहमा फाइनान्स रह्यो जसको परिसूचक १.८२ प्रतिशतले वृद्धि भएको छ । यसै गरी सर्वाधिक घट्नेमा होटल तथा पर्यटन उपसमूह रह्यो जसको परिसूचक ०.९२ प्रतिशतले घटेको छ ।
नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन ३ अर्ब ४० करोड ४३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएकोमा यस दिन ३०६वटा स्टकको ५३ हजार १७ पटकको कारोबारमा ३ अर्ब ८७ करोड रुपैयाँ बराबरको ८६ लाख ६३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । जसमा ५२ वटा कम्पनी बढेका छन् भने १८६ वटा कम्पनी घटेका छन् । यसैगरी ८ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । यस दिन सर्वाधिक बढ्नेमा कालीका लघुवित्त रह्यो जसको शेयरमा ७.७१ प्रतिशतको वृद्धि भएको छ । सर्वाधिक घट्नेमा कुथेलि बुखारी स्मल हाइड्रो रह्यो जसको शेयरमा ९.२८ प्रतिशतको गिरावट आएको छ ।
बिहिबार सर्वाधिक रकमको कारोबार गर्नेमा माउन्टेन इनर्जी नेपाल लिमिटेड रह्यो जसको १७ करोड १४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा पनि सोहि कम्पनी रह्यो जसको २ लाख ८१ हजार एक सय ६८ कित्ता शेयर किनबेच भएको छ ।
प्रतिक्रिया