यू–२० महिला एसियन कप छनोट: नेपाल साउदी अरेबियासँग भिड्दै

२०८२ साउन २३ गते

यू–२० महिला एसियन कप छनोट: नेपाल साउदी अरेबियासँग भिड्दै

काठमाडौं । एएफसी यू–२० महिला एसियन कप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले आज साउदी अरेबियासँग भिड्दैछ ।

खेल भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा शुक्रबार दिउँसो पौने २ बजे सुरु हुनेछ ।

Advertisement:

Ad
Ad

नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो ।

बलियो टोली उत्तर कोरियासँग नेपालले खेल्न बाँकी छ ।

प्रतियोगिताको हरेक समूहबाट समूहविजेता एसियन कपमा छनोट हुनेछन् ।