गृह मन्त्रालयको स्पष्टिकरण : त्रिभुवन विमानस्थल प्रकरणमा कुनै संलग्नता छैन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयसँग सम्बन्धित पछिल्ला घटनाक्रमबारे सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै गृह मन्त्रालयले स्पष्टिकरण दिएको छ । मन्त्रालयले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै ती समाचारहरू कपोलकल्पित, भ्रामक र आधारहीन भएको दाबी गर्दै खण्डन गरेको हो ।
२०८२ जेठ १० गते