जेनजीको इलामका मेयरलाई व्यङ्ग्यात्मक चेतावनी : कार्यकक्षमै पुर्याइदिए राहतको चामल

२०८२ असोज २४ गते

जेनजीको इलामका मेयरलाई व्यङ्ग्यात्मक चेतावनी : कार्यकक्षमै पुर्याइदिए राहतको चामल

काठमाडौँ । बाढी र पहिरोबाट प्रभावित इलामका जनतालाई राहत र पुनःस्थापनका लागि सहयोग नगरेको भन्दै इलामका जेनजीहरुले इलाम देउमाई नगरपालिकाका प्रमुखलाई कार्यकक्षमै राहत पुर्याइ दिएका छन् । नगरपालिकाले काम नगरेको भन्दै उनीहरुले व्यङ्ग्यात्मक चेतावनी दिएको बताएका छन् । 

 

Advertisement:

Ad
Ad

असोज १७ गतेदेखि १८ गतेसम्म परेको भारी वर्षापछिको बाढी र पहिरोमा परी इलामका विभिन्न जिल्लामा ठूलो मात्रामा जन र धनको क्षति भएको थियो । बिपत्तिको समय पहिलो काम उद्धार रहेको र त्यसपछि राहत र पुनःस्थापना भएपनि स्थानीय सरकारले तदारुकता नदेखाएको भन्दै जेनजीहरुले मेयरलाई व्यंग्य गर्दै चामल तेल बोकेर कार्यकक्षमै पुर्याइदिएका हुन् ।