नेतृत्वले तानाशाही देखाएको भन्दै विद्युत् प्राधिकरण ट्रेड युनियनका ११ जनाले दिए राजीनामा

२०८२ साउन २८ गते

नेतृत्वले तानाशाही देखाएको भन्दै विद्युत् प्राधिकरण ट्रेड युनियनका ११ जनाले दिए राजीनामा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको ट्रेड युनियनबाट ११ जनाले राजीनामा दिएका छन् । नेतृत्वले तानाशाही प्रवृति देखाएको र गुटबन्दी गरेका कारण देखाएर उनीहरूले साधारण सदस्यता समेत नहरने गरी राजीनामा दिएका हुन् ।

उनीहरूले हालको नेतृत्वमा तानाशाही शैली भएको आरोप लगाएका छन् । यस्तै, ट्रेड युनियन मूल्यमान्यता विपरीत व्यक्तिगत स्वार्थमा अधिकारको दुरुपयोग, आन्तरिक गुटबन्दी, योग्य र सक्रिय सदस्यलाई महाधिवेशनमा पाखा लगाउने, व्यवस्थापनसँग अनुचित सहकार्य गर्ने गरेको आरोप उनीहरूको छ ।

Advertisement:

Ad
Ad

यस्तै, उनीहरूले सामूहिक सौदाबाजीका मुद्दामा व्यक्तिगत फाइदाका लागि बार्गेनिङ गर्नेजस्ता प्रवृत्ति मौलाएको आरोप लगाएका छन् ।

कर्मचारीका आर्थिक, सरुवा, ज्यालादारी समस्या लगायत दीर्घकालीन हितका विषयमा बेवास्ता गर्दै, उन्नत र सिर्जनशील विचार राख्ने आफ्नै सदस्यलाई कारबाही गर्ने कार्य भएको उनीहरूको आरोप छ ।