२०८२ भदौ २८ गते
काठमाडौँ । शनिबार बिहानबाट काठमाडौँमा सडक आवतजावत तथा चहलपहल बढेको छ । भदौ २४ गतेको आन्दोलनपछि स्थिती नियन्ज्ञणमा लिन निरन्तर कर्फ्यू र निषेधाज्ञा लगाइँदै आएकोमा सेनाले शनिबारदेखि खुला भएको जनाएको छ ।सेनाले यसअघि दैनिक कर्फ्यू र निषेधाज्ञा तालिका सूचना सार्वजनिक गरिरहेकोमा शनिबार कुनै सूचना जारी गरेको छैन ।
जेनजी आन्दोलनले केपी ओली सरकारलाई अपदस्थ गरेदेखि असान्त बनेको काठमाडौँ लगायत देशैभरी कर्फ्यू र निषेधाज्ञा कायम थियो ।शुक्रबार राति अन्तरिम सरकारको प्रधानमन्त्रीमा राष्ट्रपतिले सुशीला कार्कीलाई शपथ गराइसकेपछि स्थिती सामान्य बन्दै जाने अनुमान गरिएको छ ।
प्रतिक्रिया