देउवा दम्पतीले नयाँ पासपोर्ट लिएको खुलासा

२०८२ असोज ०९ गते

देउवा दम्पतीले नयाँ पासपोर्ट लिएको खुलासा

काठमाडौँ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवाले असोज ३ गते नयाँ राहदानी लिएका छन् । उनीहरूको पासपोर्टमा थाइल्यान्डको भिसा पनि लागेको खुलेको छ।

भदौ २४ मा बुढानीलकण्ठस्थित देउवाको घर तोडफोड र आगजनी हुँदा पुरानो पासपोर्ट जलेको अनुमान गरिएको थियो। त्यसपछि दम्पतीले नयाँ पासपोर्ट बनाएका हुन्।

Advertisement:

Ad
Ad

स्रोतका अनुसार देउवा दम्पती विदेश जाने सम्भावना रहेकाले सरकारले सुरक्षा संयन्त्रलाई सतर्क गराएको छ। यसैबीच, सम्पत्ति शुद्धीकरण विभाग, प्रहरीको सिआइबी र राहदानी विभागबीच उनीहरूको पासपोर्ट रोक्का गर्नेबारे छलफल भइरहेको छ।