अमेरिका पठाईदिन्छु भनी ६० लाख रुपैयाँ ठगी गर्ने राउत पक्राउ

२०८० फागुन ३० गते

अमेरिका पठाईदिन्छु भनी ६० लाख रुपैयाँ ठगी गर्ने राउत पक्राउ

काठमाडौँ । अमेरिका पठाईदिन्छु भनी ६० लाख रुपैयाँ ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रतिव्यक्ति ८० लाखमा अमेरिका पठाईदिन्छु भनेर विभिन्न व्यक्तिलाई ठगी गर्ने उदयपुरको त्रियुगा(७ घर भई हाल जिल्ला काठमाण्डौं टोखा १० गंगबु बस्ने बर्ष ३६ को लोक बहादुर राउतलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

ठगीमा पर्नेहरुमा सल्यान जिल्ला शारदा नगरपालिका १ का टिकाराम बस्नेत सहित २ जना, रोल्पा जिल्ला गंगादेव गाउँपालिका ३ बस्ने खिमा डाँगीको छोरी दिपा डाँगी लगायत रहेका छन् ।

Advertisement:

Ad
Ad

उनिहरुलाई वैदेशिक रोजगारीको लागि अमेरिका पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति ८० लाख रुपैयाँ लाग्छ र अमेरिका पुगेपछि मासिक सात लाख पचास हजार रुपैयाँ तलव हुन्छ भनेर प्रलोभनमा पारेर लोक बहादुरले ठगी गरेका थिए ।

उनले पीडितहरुबाट पटक पटक गरी जम्मा ६० लाख रुपैयाँ रकम लिएर सम्पर्कविहीन भएका थिए । उनलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गत फागुन २८ गते पक्राउ गरेको हो ।

लोक बहादुरलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जानकारी दिएको छ ।