चैत २५ गतेदेखि काठमाडौँ महानगरपालिकाभित्र गरिब घरपरिवार गणना सुरु

२०८० चैत २० गते

चैत २५ गतेदेखि काठमाडौँ महानगरपालिकाभित्र गरिब घरपरिवार गणना सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाले गरिब घर परिवार गणना गर्ने भएको छ। महानगरले चैत २५ गतेदेखि काठमाडौँ महानगरपालिकाभित्र गरिब घरपरिवार गणना सुरु हुन भएको हो ।

त्यसका लागि गणक र सुपरीवेक्षकलाई आजदेखि तालिम सुरु गरेको छ। तथ्याङ्क अधिकृत कृष्णराज तिवारीकाअनुसार जनगणना २०७८ ले महानगरपालिकाभित्र देखाएको घरपरिवार संख्या २ लाख ३८ हजार ९६६ लाई वडागत रुपमा हेरेर गणक र सुपरिवेक्षक खटाउने तयारी छ ।

Advertisement:

Ad
Ad

१ जना गणकले १ महिनामा २५० जना घरपरिवारको तथ्याङ्क संकलन गर्ने गरी समय र जनशक्ति खटाइनेछ । यसमा सबैभन्दा धेरै वडा नं. १६ र ३२ गरी २ वटा वडामा २१,२१ जना खटिनेछ । तिवारीकाअनुसार वडा नं. ६ र ३१ मा १४,१४ जना, वडा नं. १५ मा १२ जना, वडा नं.१४ मा ११ जना, ४ र ७ मा १०,१० जना जनशक्ति परिचालन हुनेछन् ।

यस्तै वडा नं. २६ र १३ मा ९/९ जना, वडा नं. ३, ९ र १० गरी ३ वटा वडामा ८/८ जना जनशक्ति खटिनेछन् । वडा नं.२९ मा ६ जना, वडा नं. १७ र ३० मा ५,५ जना, वडा नं, ५ मा ४ जना, वडा नं, २, ११, २१ र २८ मा ३,३ जना खटिनेछन् ।

वडा नं.८, १२, १८, १९, २० र २५ गरी ६ वटा वडामा २,२ जना खटिनेछन् । वडा नं. १, २२, २३, २४ र २७ गरी ५ वटा वडामा १र१ जना जनशक्ति खटिनेछन् । गणकहरुबाट प्राप्त भएको विवरण सुपरिवेक्षकले प्रशोधन गर्ने काम गर्नेछन् ।