एचआईडीसीएलको संस्थापक सेयरमा आजबाट आवेदन दिन सकिने

२०८१ साउन २९ गते

एचआईडीसीएलको संस्थापक सेयरमा आजबाट आवेदन दिन सकिने

काठमाडौँ। हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल)ले संस्थापक सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको शेयरमा लगानीकर्ताले आवेदन दिन सक्नेछन्।

कम्पनीको साउन २१ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम संस्थापक सेयरधनी समूह‘क ‘उप समूह क–२ को अन्य संस्थापक अन्तर्गत लिलाम बढाबढ प्रक्रियामार्फ बिक्री नभई बाँकी रहेको १ करोड ६८ लाख ५९ हजार ०५० कित्ता सेयर लिलामीमातर्फ बिक्रीमा राखेको हो ।

Advertisement:

Ad
Ad

कम्पनीले आजदेखि उक्त सेयरहरुको बिक्री आवेदन खुलाएको छ । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल आवेदन पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।