२०८२ जेठ ०७ गते
काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीले जेठ २३ गते कम्पनीको रजिष्टर्ड कार्यालय, वीरेन्द्रनगर९६, सुर्खेतमा विहान ११ बजेलाई बैठक आह्वान गरेको छ ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल हुनेछ । त्यस्तै, उक्त सभाले २ जना सञ्चालक नियुक्त गर्नेछ । लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पेश हुनेछ । कम्पनीले लाभांश वितरणसम्बन्धी भने कुनै पनि प्रस्ताव गरेको छैन ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ ९ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, जेठ ८ गते बिहीबारसम्म कायम रहने सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् ।
प्रतिक्रिया