मन्त्रीको चम्चा बनिएन भने स्वतन्त्र रुपमा अगाडि बढ्न सकिन्छः मन्त्री खरेल

२०८२ असोज ०६ गते

मन्त्रीको चम्चा बनिएन भने स्वतन्त्र रुपमा अगाडि बढ्न सकिन्छः मन्त्री खरेल

काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदभार ग्रहण गरेका छन् । आज शीतल निवासमा राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहणपछि सिंहदरबारस्थित मन्त्रालयमा आएर खरेलले पदभार ग्रहण गरेका हुन् ।

सोही क्रममा उनले भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कामय गर्ने विषयमा वस्तुपरक र कार्यान्वयन हुने ढंगले ६ महिनाभित्रका केही फाउन्डेसनहरु स्थापना गर्नुपर्ने बताए । उनले भने, ‘हुन त ६ महिनाको लागि सञ्चारमन्त्री आएर कुनै कायापलट हुने होइन् । तर भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कामय गर्ने विषयमा वस्तुपरक र कार्यान्वयन हुने ढंगले देखिने गरेर र जनतालाई महशुस हुनेगरी यो ६ महिनाभित्रका केही फाउन्डेसनहरु हामीले स्थापना गर्नुपर्ने छ ।'

Advertisement:

Ad
Ad

यस्तै, उनले खरानी टक्टक्याएर जीवन र धरोहरहरुको पुननिर्माण गर्नुपर्ने अवस्था रहेको भन्दै भ्रष्टाचारको विषयमा सरकार निर्मम भएर काम गरिरहेको छ भन्ने अनुभूति जनतालाई गराउनुपर्ने बताए । 


उनले भने, ‘भ्रष्टाचार पनि ६ महिनामा हट्दैन । तर घटाउँदै जाने हो । जनताले पनि यो विषयमा सरकार निर्मम छ है, काम गर्दै छ है भन्ने अनुभूति गराउन सकिन्छ । हामी खरानी टक्टक्याएर जीवन र धरोहरको पुननिर्माण गर्नुपर्ने छ ।’ 

राजनीतिक हस्तक्षेप भएन भने र नेता र मन्त्रीको चम्चा बनिएन भने स्वतन्त्र रुपमा अगाडि बढ्न सकिने पनि उनको भनाई छ ।