नेपाल क्रिकेट संघ सँगको सम्झौतामा नरहने सन्दीपको घोषणा

२०८२ वैशाख ३१ गते

नेपाल क्रिकेट संघ सँगको सम्झौतामा नरहने सन्दीपको घोषणा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघको सँगको सम्झौतामा नरहने बताएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत् आफू सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने निर्णय गरेको जानकारी गराएका हुन् ।


‘धेरै सोचविचार पछि, मैले यस पटकको लागि नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौताअन्तर्गत निरन्तरता नदिने निर्णय गरेको छु। यो क्रिकेट वा मेरो राष्ट्रबाट एक कदम टाढा होइन – यो व्यक्तिगत र व्यावसायिक रूपमा विकास गर्ने दिशामा एक कदम हो,’ सन्दीपले लेखेका छन् ।

Advertisement:

Ad
Ad

क्यानले सन्दीपसहित ३३ पुरुष र १९ महिला क्रिकेटरलाई केन्द्रीय सम्झौतामा राखेको थियो । सम्झौताअनुसार सन्दीप ‘ए’ ग्रेडमा थिए ।