नेप्से परिसूचक ३.९७ अंकले घट्यो, कारोबार रकम पनि घट्यो

२०८१ जेठ २१ गते

नेप्से परिसूचक ३.९७ अंकले घट्यो, कारोबार रकम पनि घट्यो

काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक एकल अंकले घटेको छ । यस दिन नेप्से ३.९७ अंकले घटेर २०७०.०७ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.१९ प्रतिशतले घटेको हो ।

आज नेप्सेमा १३ उपसमूहमध्य एक मात्र उपसमूहको परिसूचक बढेको छ भने अन्य १२ उपसमूहको परिसूचक घटेका छन् । सोमबार एक मात्र बढ्ने उपसमूहमा लघुवित्त रह्यो जसको परिसूचक २.४३ प्रतिशतले वृद्धि भएको छ । यसै गरी सर्वाधिक घट्नेमा उत्पादन तथा प्रशोधन उपसमूह रह्यो जसको परिसूचक १.०५ प्रतिशतले घटेको छ ।

Advertisement:

Ad
Ad
नेप्से घटेसँगै आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन ४ अर्ब ३१ करोड १० लाख रुपैयाँ बराबरको शेयर किनबेच भएकोमा यस दिन ३१६ वटा स्टकको ५९ हजार दुई सय ९५ पटकको कारोबारमा ४ अर्ब ४० लाख रुपैयाँ बराबरको ८८ लाख २० हजार कित्ता शेयर खरिदबिक्री भएको छ । जसमा ११० वटा कम्पनी बढेका छन् भने १२९ वटा कम्पनी घटेका छन् । यसैगरी ८ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । यस दिन सर्वाधिक बढ्नेमा बुद्ध भुमि हाइड्रोपावर रह्यो जसको शेयरमा ९.६६ प्रतिशतको सुधार आएको छ । सर्वाधिक घट्नेमा एनआइबिएल स्टेबल फन्ड रह्यो जसको शेयरमा दश प्रतिशतको गिरावट आएको छ।

सोमबार सर्वाधिक रकमको कारोबार गर्नेमा एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेवलपमेन्ट लिमिटेड रह्यो जसको १४ करोड ८५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा पनि नेपाल फाइनान्स नै रह्यो जसको २ लाख ५२ हजार ८ सय ३८ कित्ता शेयर किनबेच भएको छ ।