सहमति जुट्न नसकेपछि प्रतिनिधि सभा बैठक २ बजेसम्मका लागि स्थगित

२०८१ जेठ ०४ गते

सहमति जुट्न नसकेपछि प्रतिनिधि सभा बैठक २ बजेसम्मका लागि स्थगित

काठमाडौँ । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न दलहरूबीच सहमति जुट्न नसकेपछि प्रतिनिधि सभा बैठक शुक्रवार दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ।

शुक्रवार बिहान ११ बजेका लागि बोलाइएको बैठक पौने १ बजेको समयमा सूचना टाँसेर स्थगित भएको हो ।

Advertisement:

Ad
Ad

सहकारी ठगीको आरोप लागेका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै कांग्रेसले प्रतिनिधि सभा अवरुद्ध गर्दै आएको छ । बिहीवार संसदमा सत्ता र प्रतिपक्षबीच हात हालाहालको स्थिति भएको थियो ।

संसद बैठकअघि सभामुख देवराज घिमिरेले सचेतकहरूसँग छलफल गरेका छन् । नेपाली कांग्रेसले विपक्षी दलका नेतासँग छलफल गरेको छ । कांग्रेसले संसदीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने अडान राखेको छ ।