शेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार रकम पनि बढ्यो

२०८१ जेठ २० गते

शेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार रकम पनि बढ्यो

काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से दोहोरो अंकले बढेको छ । यस दिन नेप्से परिसूचक १३.५१ अंकले बढेर २०८३.०४ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.६५ प्रतिशतले बढ्न पुगेको हो ।

आज नेप्सेमा १३ उपसमूहमध्य १० वटा उपसमूहको परिसूचक बढेका छन् भने अन्य ३ उपसमूहको परिसूचक घटेका छन् । आइतबार सर्वाधिक बढ्नेमा व्यापार उपसमूह रह्यो जसको परिसूचक ६.५६ प्रतिशतले वृद्धि भएको छ । यसै गरी सर्वाधिक घट्नेमा उत्पादन तथा प्रशोधन उपसमूह रह्यो जसको परिसूचक २.४० प्रतिशतले घटेको छ ।

Advertisement:

Ad
Ad
नेप्से बढेसँगै आज कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन ४ अर्ब २१ करोड ७४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएकोमा यस दिन ३२५ वटा स्टकको ६६ हजार छ सय ५४ पटकको कारोबारमा ४ अर्ब ३१ करोड १० लाख रुपैयाँ बराबरको ९६ लाख ५७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । जसमा १७४ वटा कम्पनी बढेका छन् भने ६१ वटा कम्पनी घटेका छन् । यसैगरी १२ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । यस दिन सरवाधिक बढ्नेमा मल्टीपर्पोज फाइनान्स र मकर जितुमाया सुरी हाइड्रोपावर रह्यो जसको शेयरमा सकारात्मक सर्किट लागेको छ । सर्वाधिक घट्नेमा नारायणी विकास बैंक रह्यो जसको शेयरमा ९.१३ प्रतिशतको गिरावट आएको छ।

आइतबार सर्वाधिक रकमको कारोबार गर्नेमा नेपाल फाइनान्स रह्यो जसको २२ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा पनि नेपाल फाइनान्स नै रह्यो जसको ३  लाख ८२ हजार ३५ कित्ता शेयर किनबेच भएको छ ।