सुन चाँदीको मुल्यमा निरन्तर उकालो

२०८० चैत ०१ गते

सुन चाँदीको मुल्यमा निरन्तर उकालो

काठमाडौँ ।  नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु. आठ सय बढेर प्रतितोला रु. एक लाख २५ हजार आठ सय  कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला रु. एक लाख २५ हजार थियो ।

त्यसैगरी तेजावी सुनको मूल्य पनि प्रतितोला रु. आठ सयले वृद्धि भई प्रतितोला रु. एक लाख २५ हजार दुई सय कायम भएको छ । बुधबार तेजावी सुनको मूल्य प्रतितोला रु. एक लाख २४ हजार चार सय थियो ।

Advertisement:

Ad
Ad

चाँदीको पनि प्रतितोला रु. ५० ले वृद्धि भई प्रतितोला रु. एक हजार पाँच सय १५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा भएको सामान्य गिरावटसँगै त्यसको असर नेपाली बजारमा पनि देखिएको हो ।

रासस