युनाइटेड मेवा खोला हाइड्रोपावरको करिब १६ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

२०८१ असार २० गते

युनाइटेड मेवा खोला हाइड्रोपावरको करिब १६ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

काठमाडौं । युनाइटेड मेवा खोला हाईड्रोपावर लिमिटेडले १५ लाख ८८ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी गरेको छ ।

कम्पनीले हाल कायम संस्थापक शेयरधनीहरूमा ६४ लाख ९३ हजार कित्ता जारी गरेको थियो । संस्थापकहरूमा विक्री खुला गर्दा विक्री हुन नसकेको उल्लेखित कित्ता शेयर सर्वसाधारणमा जारी गरिएको हो । यी शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरूले असार २५ गतेसम्म आवेदन पेश गर्न सक्नेछन् ।

Advertisement:

Ad
Ad

आवेदन कम्पनीको केन्द्रिय कार्यालय डिल्लिबजार, काठमाडौंमा पेश गर्नुपर्नेछ ।