२०८२ असोज १७ गते
काठमाडौँ । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले आन्दोलनबाट क्षति पुगेका व्यवसायिक प्रतिष्ठान तथा संरचनाहरुलाई सघाउ पुग्ने गरी राहत तथा छुटका योजना अघि सारेको छ । सरकारले आन्दोलनबाट प्रत्यक्ष तथा परोक्ष रुपमा क्षति पुगेका व्यवसायिक क्षेत्रलाई करमा छुटदेखि बैंकबाट दिइने कर्जा तथा किस्ता पुनर्सरचनासम्ममा विशेष छुट तथा सहुलियत दिने निर्णय गरेको हो । यस्ता छन् छुट तथा सहुलियतका प्याकेजहरु
१। कर सम्बन्धी दिइने छुट व्यवस्था
क्षतिग्रस्त सम्पत्ति पुनर्निर्माणका लागि चाहिने सामान आयात गर्दा भन्सार र अन्तःशुल्कमा ५० प्रतिशत छुट।पहिले नै भन्सार शुल्क छुट पाएका होटलहरूले क्षति भएमा फेरि छुट लिन सक्ने।सरकारको राहत कोषमा दिएको सहयोग रकम करयोग्य आम्दानीबाट कटौती गर्न पाइने।बीमाविहीन स्टक क्षतिलाई कर कानुनअनुसार लागतको रूपमा देखाउन सकिने। करदाता स्वयंले सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा जानकारी गराई आयकर ऐन, २०५८ बमोजिमको व्यापार मौज्दातको लागत खर्च कट्टी तथा मूल्य अभिवृद्दि कर ऐन, २०५२ बमोजिमको कर कट्टी लिन सक्ने सुविधा प्रदान गर्ने।
२। जलेका सवारीमा दिइने सहुलियत
नेपाल सवारी प्रदूषण मापदण्ड, २०८२ लागू हुनुभन्दा पहिले प्रोफोर्मा इन्भ्वाइस जारी भइसकेका सवारी साधन तथा नेपालमा एसेम्बली वा उत्पादन हुने सवारी साधन तथा त्यस्ता सवारी साधन उत्पादन गर्न आवश्यक पार्टपूर्जाहरू प्रयोग गरी एसेम्बली वा उत्पादन गरिएका सवारी साधनको हकमा २०८२ साल मङ्सिर १५ गते सम्मका लागि प्रचलित मापदण्ड अनुसारका सवारी साधन वा पार्टपूर्जाहरू पैठारी गर्न र वातावरण मन्त्रालयले अनुमति प्रदान गर्ने।
३। नेपाल राष्ट्र बैंकबाट दिइने सुविधा
ऋणको ब्याज तथा मूलधन भुक्तानी अवधि थप गरिएको।पुनःस्थापनारपुनर्निर्माणका लागि सहुलियतपूर्ण ऋण (बेस रेटमा ०.५ प्रतिशत मात्रमा कर्जा दिइने ।क्षतिग्रस्त सवारीसाधनलाई बदल्दा नयाँ सवारीसाधन खरिद गर्न ऋण–मूल्य अनुपात ८० प्रतिशतसम्म दिइने । पेरोल प्रोटेक्सन स्किम अन्तर्गत बेस रेट प्लसं ०.५प्रतिशत ब्याजमा ऋण र थप ६ महिनासम्म सरकार राहत कोषबाट २५ अनुदान।व्यापार सहजताका लागि दशैं बाहेकका बिदामा निरन्तर सेवा उपलब्ध गराउने।
४। बीमा प्राधिकरणबाट दिइने सुविधा
प्रारम्भिक सर्वेक्षण प्रतिवेदनका आधारमा बीमा दाबी रकमको ५०प्रतिशत सम्म अग्रिम भुक्तानी दिइने ।पुनर्बीमा कम्पनीहरूले पनि शीघ्र ५० प्रतिशतसम्म अग्रिम भुक्तानी उपलब्ध गराउने।
प्रतिक्रिया