गृहमन्त्रीको राजीनामा माग्दै स्थगित संसद बैठक भोलि मात्रै बस्ने

२०८२ जेठ १३ गते

गृहमन्त्रीको राजीनामा माग्दै स्थगित संसद बैठक भोलि मात्रै बस्ने

काठमाडौँ । गृहमन्त्रीको राजीनामा र छानबीन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र र विपक्षी दल रास्वपाबाट अवरुद्ध आजको संसद बैठक भोलि मात्र बस्ने भएको छ । सभामुख सहित दलका प्रतिनिधी बसेर आजै बैठक खुलाउने प्रयास भएपनि सहमति जुट्न सकेन । 

 

Advertisement:

Ad
Ad

सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले सदनमा उपस्थित भएका गृहमन्त्री रमेश लेखकले आफूमाथि लागेका आरोपबारे स्पष्टीकरण दिन पाउनु पर्ने धारणा राखेका थिए ।

 

तर विपक्षी दलहरूले भने गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठनको मागमा अडान कायम गरेपछि सहमति जुट्न नसकेको हो । संसद् सचिवालयले सूचना टाँसेर भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको जनाएको छ ।