२०८२ फागुन २३ गते
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले विजयी उम्मेदवारहरुलाई कुनै विजय जुलुस,अविर जात्रा नगर्न नगराउन निर्देशन दिएको छ । पार्टीका उपसभापति डोलप्रसाद अर्यालले शुक्रबार मध्यराति एक भिडियो सन्देश जारी गर्दै देशभरीका घण्टी चुनाव चिन्ह लिएर विजयी उम्मेदवारहरुरलाई अविर जात्रा,विजय जुलुस नगर्न पार्टीको निर्देशन मान्न आग्रह गरेका हुन् ।
उनले रास्वपा जेनजी आन्दोलनको दौरान दिवंगत ससाना बालबालिका तथा युवाहरुको सहादतलाई सम्झेर रास्वपालार्ई सरकार बनाएर काम गर्न जनताले दिएको म्यान्डेट हरहालतमा पुरा गर्नुपर्नेमा उम्मेदवारहरु सचेत हुन आग्रह गरेका छन् ।अर्यालले सभापति रबि लामिछाने र बरिष्ठ ननेता बालेन साहले पनि कुनै जुलुस ननिकाल्ने बताइरहेकाले विजयी उम्मेदवारहरुलाई जितेपछि अविरमाला लगाएर वीजय जुलुस मनाउन रहर लागेपनि त्यसो नगर्न आग्रह गरेका हुन् ।
प्रतिक्रिया