बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परी ६ जनाको मृत्यु

२०८२ माघ २२ गते

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परी ६ जनाको मृत्यु

बैतडी । बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा पर्दा ६ जनाको मृत्यु भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका –७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा बस दुर्घटनामा परेको हो ।

सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी दिपक कुमार रायले जानकारी दिए ।

Advertisement:

Ad
Ad


बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्कने क्रममा जन्ती बोकेको बस दुर्घटनामा परेको हो । बस सडकबाट करिब २ सय मिटर तल खसेको छ । अहिले उद्धारको काम चलिरहेको छ ।