२०८२ फागुन २३ गते
काठमाडौँ ।भक्तपुर–१ मा २०४८ सालदेखि निरन्तर जित्दै आएको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को वर्चस्व यसपटक तोडिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रूकेश रञ्जित ३३,४३६ मतसहित निर्वाचित भए। उनले नेमकिपाका प्रेम सुवाल लाई ५,२८९ मतले पराजित गरे सुवालले २८,१४७ मत प्राप्त गरे।अन्य दलका उम्मेदवारहरू-किरण न्यौपाने (नेपाली कांग्रेस) र सोम मिस्र (नेकपा एमाले)-ले जमानत जोगाउन सकेनन्।
भक्तपुर नगरपालिकामा विकास, शिक्षा, स्वास्थ्य र फोहोर व्यवस्थापनका कारण नेमकिपाले लामो समय जनसमर्थन पाउँदै आएको थियो। तर यसपटक देशभर बढेको रास्वपाको प्रभावले भक्तपुर–१ मा पनि नेमकिपाको लगातार जितको शृंखला अन्त्य गरिदियो।
प्रतिक्रिया