गायिका नीतु पौडेलले गरिन् स्टुडियोमै आत्मदाह प्रयास,कीर्तिपूर अस्पतालमा उपचार हुँदै

२०८२ कात्तिक ०१ गते

गायिका नीतु पौडेलले गरिन् स्टुडियोमै आत्मदाह प्रयास,कीर्तिपूर अस्पतालमा उपचार हुँदै

काठमाडौँ । गायिका नीतु पौडेलले आफ्नै जिउमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेकी छन् । शनिबार दिउँसो अनामनगस्थित रेकर्डिङ स्टुडियोबाहिर उनले आफ्नै जिउमा आगो लगाएकी हुन् । 


उनलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको जिल्ला प्रहरी परिसरले जनाएको छ ।उनले आत्मदाहको प्रयास गर्नुको कारण भने खुलिसकेको छैन,प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ ।

Advertisement:

Ad
Ad