डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार लगानी न्यूज डटकमका सम्पादक ज्ञवालीलाई

२०८३ भदौ १६ गते

डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार लगानी न्यूज डटकमका सम्पादक ज्ञवालीलाई

काठमाडौं । डा. हरिहरदेव पन्तको स्मृतिमा स्थापित आर्थिक पत्रकारिता पुरस्कार यस वर्ष लगानी न्यूज डटकमका सम्पादक  आशीष ज्ञवालीलाई प्रदान गरिने भएको छ । डा. हरिहरदेव पन्त फाउन्डेशनद्धारा स्थापना गरिएको उक्त पुरस्कार डा. पन्तको एघारौं वार्षिक पुण्य स्मृति दिवश पारेर २०८३ भदौ २१ गते आइतबार ज्ञवालीलाई प्रदान गरिने भएको हो ।

 

Advertisement:

Ad
Ad

स्वर्गिय पन्तलाई नेपालका लघुवित्तका पिता भनेर चिनिन्छ ।  जीवनका अधिकांश सयम देशमा आर्थिक विकास तथा गरिबी न्यूनीकरण गर्नका लागि समर्पित लघुवित्तका प्रथम प्रवद्र्धक डा. पन्तको स्मृतिमा उक्त पुरस्कार स्थापना गरिएको थियो । यस फाउन्डेशनले प्रत्येक वर्ष एक जना उत्कृष्ट आर्थिक पत्रकार वा संघ, संस्थालाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । यसअघि उक्त पुरस्कार प्रत्येक वर्ष क्रमश  नेपाल आर्थिक पत्रकार समाज (सेजन),  गोकर्ण अवस्थी,  विष्णु बेल्वासे, एलिजा उप्रेती,  ममता थापा, बिजय राज खनाल,  यज्ञ बञ्जाडे, कृष्ण रिजाल तथा  यादव हुमागाई लाई प्रदान गरिएको थियो ।

 

पत्रकारिता मार्फत देशको सर्वाङ्गीण विकासका साथै आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने विभिन्न पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन समाचार तथा पत्रकारलाई सम्मान गरिदै आएको छ । 
यस पुरस्कारको राशी एक लाख रुपैयाँ रहेको छ ।