२०८२ चैत २७ गते
साताको अन्तिम कारोबार दिन नेप्से सामान्य गिरावटसहित बन्द भएको छ। अघिल्ला दुई दिनको वृद्धिलाई रोक्दै शुक्रबार सूचक १३.४६ अंक घटेर २८३७.७७ विन्दुमा झरेको हो। कारोबार रकममा पनि गिरावट आएको छ। बिहीबारको ९ अर्ब ९१ करोडबाट घटेर शुक्रबार ८ अर्ब ९९ करोडमा सीमित भयो, जहाँ ३३५ स्टकको करिब ९७ हजार कारोबारबाट २ करोडभन्दा बढी कित्ता किनबेच भए।
यस दिन ७ कम्पनीका शेयर सकारात्मक सर्किटमा कारोबार भएका छन् । भुजुङ्ग, सुपर खुदी, होटल फरेष्ट इन, पाल्पा सिमेन्ट, रिज लाइन, सूर्यकुण्ड र शिखर पावर चम्किए। पाल्पा सिमेन्ट र शिखर पावर भने आजैबाट कारोबारमा आएका हुन्। रिलायन्स स्पिनिङ्ग र हिमालयन हाइड्रोपावरमा उल्लेख्य वृद्धि हुँदा एनआईसी एशिया ब्यालेन्स्ड फण्ड सबैभन्दा धेरै घट्यो।
कारोबार रकमका आधारमा नेशनल हाइड्रोपावर अग्रस्थानमा रह्यो, त्यसपछि रिलायन्स स्पिनिङ्ग र रिडी पावर डेभलपमेन्ट रहे। उपसमूहतर्फ १३ मध्ये २ मात्रै हरियाली देखिए। उत्पादन तथा प्रशोधन अगाडि बढ्दा अधिकांश उपसमूह भने दबाबमा रहे।
प्रतिक्रिया