रबि लामिछाने विजयी

२०८२ फागुन २३ गते

रबि लामिछाने विजयी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सभापति रवि लामिछानेले प्रतिनिधि सभा सदस्य पदका लागि चितवन-२ बाट शनिबार निर्वाचित भएका छन् । उनले ५४ हजार ४०२ मत ल्याए । लामिछानेका प्रतिस्पर्धी नेपाली कांग्रेसका मिनकुमारी खरेलको १४ हजार ५६४ मत आयो ।

 

Advertisement:

Ad
Ad

एमालेका अस्मिन घिमिरेको ६ हजार ९४२ र नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०का प्रताप गुरूङको चार हजार ९६९ आएको छ । लामिछाने २०७९ को निर्वाचनमा पहिलो पटक यही क्षेत्रबाट सांसद निर्वाचित भएका थिए । यो क्षेत्रमा उपचुनाव हुँदा लामिछाने नै उम्मेदवार बनेर विजयी भएका थिए ।

 

चितवन-२ बाट लामिछानेको यो तीन वर्षको अन्तरालमा तेस्रो जित हो । २०७९ सालको निर्वाचनमा लामिछाने ४९ हजार तीन सय मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ र तेस्रो स्थानमा रहेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याएका थिए । निर्वाचित भएसँगै लामिछाने गृहमन्त्रीसमेत भए ।