२०८२ फागुन २२ गते
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौँ क्षेत्र नं ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी भएका छन् ।
काठमाडौँ क्षेत्र नं ६ को अन्तिम मतपरिणाम अनुसार रास्वपाका खनालले २७ हजार ७ सय १९ मत प्राप्त गर्दै विजयी भएको निर्वाचन अधिकृत चपला पोखरेलले जानकारी दिइन् ।
यस्तै खनालको निकटतम प्रतिद्धन्द्धीमा नेपाली काँग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६ सय ४७ मत प्राप्त गरेका छन् ।
काठमाडौँ क्षेत्र नं ६ मा कूल ४३ हजार ८ सय ६३ मत खसेको निर्वाचन अधिकृत पोखरेलले बताए ।
प्रतिक्रिया