२०८२ कात्तिक १२ गते
काठमाडौँ । स्थानीयको अवरोधका कारण बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहर विसर्जन गर्न पुगेका गाडीहरु फर्काइएका छन् । बुधबार काठमाडौं उपत्यकाबाट फोहर बोकेर गएका करिब ४० गाडी स्थानीयले फर्काइदिएका हुन्।
ककनी गाउँपालिका–१ र २ तथा धुनबेसी नगरपालिका–१, २ र ३ का स्थानीयले दुर्गन्ध र स्वास्थ्य समस्या बढेको भन्दै ढाँडेस्थित सडकमा अवरोध गर्दै फोहर फाल्न आएका गाडीलाई रोकेका हुन्।
काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका स्थानीयबीच विसंं २०७९ जेठ २६ मा भएको १८ बुँदे सहमतिमा उल्लेख भएको फोहर विसर्जन रातको समयमा मात्र गरिने, दुर्गन्ध नआउने प्रबन्ध मिलाउने, फोहर बोकेका गाडीले लिच्चड नचुहाउने, फोहर विसर्जनपश्चात लिच्चड खोलामा जान नदिन वैज्ञानिक व्यवस्थापन गर्नुपर्ने लगायतका १८ बुँदामा सहमति भएको थियो।
उक्त सहमति कार्यान्वयन नहुँदा प्रभावित क्षेत्रमा फोहरबाट दुर्गन्ध फैलिएर सरुवाजन्य रोगको सक्रमण बढेको र दैनिक जनजीवन प्रभावित भएको भन्दै उनीहरूले पटकपटक ध्यानाकर्षण गराएका छन्।
प्रतिक्रिया