आजको मौसम पूर्वानुमान : देशभर पश्चिमी वायुको प्रभाव, हिमाली भेगमा हिमपातको सम्भावना

२०८० मंसिर १२ गते

आजको मौसम पूर्वानुमान : देशभर पश्चिमी वायुको प्रभाव, हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडौं । मंगलबार बिहान देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक,दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

Advertisement:

Ad
Ad

यस्तै, महाशाखाका अनुसार आज राती पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक,दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।