अंकित मूल्यमै भर्न पाइने गरी नेपाल वेयरहाउजिङको सेयर सर्वसाधारणका लागि निष्काशन

२०८० मंसिर १० गते

अंकित मूल्यमै भर्न पाइने गरी नेपाल वेयरहाउजिङको सेयर सर्वसाधारणका लागि निष्काशन

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले आजबाट साधारण सेयर निष्काशन गरेको छ। कम्पनीले मंसिर १३ गतेसम्म सेयर जारी गर्नेछ।

वेयरहाउजिङ क्षेत्रका कम्पनीहरुको यो पहिलो सार्वजनिक निष्काशन हो। व्यवसायी आनन्दकुमार अग्रवाल वगडियाको प्रमुख लगानी रहेको कम्पनीमा शिखर इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डे, एग्रो फार्म प्रालिका सतिश चन्द श्रेष्ठ, टिम भेन्चर्सका तेन्जिङ छुफेल लामा सञ्चालक छन्। वगडिया कम्पनीका अध्यक्ष हुन्।

Advertisement:

Ad
Ad

कम्पनीको जारी पुँजी ६८ करोड ७५ लाख रुपैयाँ छ। यसको २० प्रतिशत सर्वसाधारणलाई बिक्रीका लागि छुट्याएको हो। कुल १३ करोड ७५ लाखको सेयरबाटै कर्मचारी, रोजगारीमा गएका नेपाली, सामूहिक लगानी कोष र आम सर्वसाधारणले पाउने छन्।

सर्वसाधारणको भागमा ११ लाख ४१ हजार २५० कित्ता सेयर छुट्याइएको छ। सेयरको अंकित मूल्य १०० रुपैयाँ हो।