२०८१ जेठ १८ गते
कान्तिपुर र पशुपति सहकारीबाट बचतकर्ताको बचत अपचलन गरेको अभियोगमा लामालाई पक्राउ गरेको हो । लामालाई कान्तिपुर सहकारीको ६ अर्ब रुपैयाँ र पशुपतिको २ अर्ब गरी ८ अर्ब रकम अपचलन गरेको आरोप छ । उक्त सहकारीका वर्तमान अध्यक्ष हिमाल विक्रम मल्ल पक्राउमा परिसकेका छन् ।
कान्तिपुर सहकारीले बचतकर्ताको ७ अर्ब १५ करोड रुपैयाँ र पशुपति बचत तथा ऋण सहकारीले १ अर्ब ११ करोड ४८ लाख ३ हजार रुपैयाँ ठगी गरेको भन्दै बचतकर्ताको उजुरी परेको छ । यी दुवै सहकारी संस्थालाई सरकारले समस्थाग्रस्त घोषणा गरिसकेको छ ।
प्रतिक्रिया