२०८१ असार २३ गते
काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण गरेको ४ दशमलव ५ मेगवाट क्षमताको हेवा खोला साना जलविद्युत आयोजनाबाट विद्युत उत्पादन कार्य सुरु भएको छ ।
असार २ गते आएको बाढीका कारण उक्त आयोजनामा ठुला क्षति पुगेको थियो । कम्पनीले नेप्सेमार्फत सूचना जारी गर्दै क्षति पुगेको आयोजनाको पुनः निर्माण कार्य सम्पन्न भई विद्युतीय उपकरणहरूको आवश्यक परीक्षण समेत सम्पन्न गरी असार २१ गतेदेखि विद्युत उत्पादन सुरु गरिएको जानकारी दिएको हो ।
प्रतिक्रिया