२०८० चैत २६ गते
काठमाडौँ । काठमाडौँको बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय लत्ता कपडा भण्डारमा आगलागी भएको छ । बलम्बु प्रहरी प्रभाग कार्यालयका प्रमुख आदित्यराज विष्टका अनुसार आगलागीले भण्डारणमा रहेका कपडा जलेर नष्ट भएको छ ।
प्रहरीको केन्द्रीय स्टोरमा भएको आगलागी बेलुकी सम्ममा नियन्त्रणमा आएको सशस्त्र प्रहरी बलका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले जानकारी दिए।
उक्त घटना छानबिन गर्न एआईजीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ । कार्य विभागका प्रमुख एआईजी बंशिराज दाहालको नेतृत्वमा छानबिन समिति गठन गरिएको सशस्त्रका सहप्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले बताए ।
विद्युत् चुहावट भएर आगलागी भएको प्रारम्भिक आकलन गरिएको छ । घटनास्थलमा पुगेर उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आगलागीबारे जाँच गर्न निर्देशन दिएका छन् ।
प्रतिक्रिया