२०८० पुस ०८ गते
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड (CBBL) ले शेयरधनीलाई लाभांश घोषणा सहित २२ औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको साधारण सभा पौष २९ गते, आइतबार ११ बजे होटल सामना प्रा.लि.को सभाहल, मकवानपुर, हेटौँडामा हुनेछ ।
कम्पनीको सभाले सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव गर्नेछ । जसमा ५ प्रतिशत बोनस शेयर रहनेछ र १० प्रतिशत नगद लाभांश रहनेछ। त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लघुवित्तसँग मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले पुस १७ गते देखि २९ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
प्रतिक्रिया