नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन भदौ मसान्तमा गर्न प्रस्ताव

२०८२ चैत १० गते

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन भदौ मसान्तमा गर्न प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ केन्द्रीय महाधिवेशनको कार्यतालका प्रस्ताव गरेका छन्। मंगलबार केन्द्रीय कार्यसमितिको बैठकमा उनले कार्यतालिका प्रस्ताव गरेका हुन् ।


सानेपामा मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा सभापति थापाले भदौ अन्तिम साता महाधिवेशन गर्ने कार्यतालिका प्रस्ताव गरेका हुन्। प्रस्तावमा चैतबाट महाधिवेशन प्रक्रिया सुरु गरी भदौ मसान्तमा सक्ने उल्लेख छ।

Advertisement:

Ad
Ad


विशेष महाधिवेशन भएको एक वर्षभित्र नियमित महाधिवेशन गर्नुपर्ने कांग्रेसको विधानमा व्यवस्था छ । गत पुसमा कांग्रेसको विशेष महाधिवेशन भएको थियो।


यसअघि कांग्रेसको १४औँ महाधिवेशन २०७८ मंसिर २४ देखि २८ मा भएको थियो। महाधिवेशनबाट शेरबहादुर देउवा सभापति निर्वाचित भएका थिए।