धौलागिरी लघुवित्तको लाभांश घोषणा, १५ प्रतिशतले लाभांश वितरण गर्ने प्रस्ताव

२०८० कात्तिक २४ गते

धौलागिरी लघुवित्तको लाभांश घोषणा, १५ प्रतिशतले लाभांश वितरण गर्ने प्रस्ताव

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको कात्तिक २२ गते बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १५ प्रतिशतले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश छन्।

Advertisement:

Ad
Ad

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।