गोरखामा फेला पारिएको बहुमूल्य धातु क्वार्ज क्रिस्टल प्रधानमन्त्रीद्वारा गोर्खा दरबारमा प्रतिस्थापन

२०८० चैत २३ गते

गोरखामा फेला पारिएको बहुमूल्य धातु क्वार्ज क्रिस्टल प्रधानमन्त्रीद्वारा गोर्खा दरबारमा प्रतिस्थापन

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहालले गोरखा दरबारमा पुरातत्विक महत्त्वको बहुमूल्य धातु क्वार्ज क्रिस्टल प्रतिस्थापन गरेका छन् ।

गोरखा नगरपालिकाले गोरखा दरबार परिसरमा शुक्रबार आयोजना गरेको कार्यक्रमकाबीच प्रधानमन्त्री प्रचण्डले उक्त धातु पृथ्वीनारायण शाहको गद्दी आसन छेउमा प्रतिस्थापन गरेका हुन् ।

Advertisement:

Ad
Ad

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले ऐतिहासिक र बहुमूल्य धातु क्वार्जको प्रतिस्थापन भएसँगै जिल्लाको महत्त्व अझ बढ्ने विश्वास व्यक्त गरे । उनले जिल्लाको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उल्लेख गरे ।

गोरखा जिल्लाको जनप्रतिनिधिका हैसियतले जिल्लाको विकास निर्माणमा आफू निरन्तर लागिपर्ने विश्वास दिलाउँदै प्रधानमन्त्री प्रचण्डले गोरखकाली उद्योग, बुढीगण्डकी जलविद्युत आयोजना एवम् पार्क निर्माणमा आफ्नो ध्यान जाने बताए ।

गोरखा जिल्लामा फेला पारिएको ५२.३३० केजीको उक्त धातु पुरातत्व विभागले बहुमूल्य भएको प्रमाणित गरेको थियोे ।