हास्य कलाकार हरिवंश आचार्य अस्पताल भर्ना

२०८१ साउन ०६ गते

हास्य कलाकार हरिवंश आचार्य अस्पताल भर्ना

काठमाडौँ । हास्य कलाकार हरिवंश आचार्य अस्वस्थ भएपछि विराट नर्सिङ होममा भर्ना गरिएको छ । उनी ब्रान्ड एम्बेस्डरको सम्झौतापत्रका लागि विराटनगर पुगेका थिए ।

विराटनगरको हिमगिरि हाइजिङको ब्रान्ड एम्बेस्डरको सम्झौतापत्रमा हस्ताक्षर गर्न महजोडी विराटनगर आएका हुन् ।

Advertisement:

Ad
Ad

मदनकृष्ण श्रेष्ठ र आचार्य शनिबार विराटनगर आएका थिए । विराट नर्सिङ होम विराटनगरमा उनको उपचार भइरहेको छ । नाकबाट रगत बगेपछि उनलाई अस्पतालमा भर्ना गरिएको हो ।आचार्य शनिबार विराटनगरमै बसेका थिए ।

आइतबार बिहान काठमाडौं फर्कन लागेका बेला नाकबाट रगत बगेपछि उनलाई अस्पतालमा भर्ना गरिएको हो ।आचार्यको अवस्था सामान्य रहेको उनले बताए ।