२०८२ असार २४ गते
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यको नियुक्तीको १ सय दिन पुगेको छ । आफ्नो सय दिन पुगेको अवसर पारेर मंगलबार प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा शाक्यले अवरोध रहित विद्युत आपूर्तिको सुनिश्चितताका लागि धेरै काम भएको दाबी गरेका छन् । शाक्यले सय दिनको कार्यप्रगति सारांश नामक प्रतिवेदन सार्वजनिक गर्दै उक्त प्रतिवेदनमा प्राधिकरणको वर्तमान अवस्था र भविष्यको मार्ग चित्र देखाउने गरी श्वेतपत्र जारी भएको बताएका छन्
औद्योगिक क्षेत्रमा विद्युत खपत बृद्धि र विश्वासको वातावरण सिर्जना गरेको,डेडिकेटेड र ट्रक लाइन विद्युत महसुल सम्बन्धी विवाद लामो समयको अन्यौल पछी समाधानको बाटोमा रहेको,देशैभरी कार्यालय रहेका ठुला कर्पोरेट ग्राहकहरुको प्रत्येक इकाइ ग्राहकहरुको महसुल भुक्तानी केन्द्रिकृत रुपमा एकै स्थानबाट गर्न सकिने गरी छुट्टै पेमेन्ट गेटवे निर्माण लगायत थुप्रै कामहरु भएको शाक्यको भनाई छ ।
शाक्यका अनुसार उच्चतम विद्युत खपत र नियमित महसुल भुक्तानीका आधारमा केन्द्रिय स्तरमा १० सर्वाधिक महत्वपूर्ण उपभोक्ता र प्रादेशिक स्तरमा प्रत्येक प्रदेशका १० अत्यन्त महत्वपूर्ण उपभोक्ताको नामावली सार्वजनिक गरी कोशी तथा मधेश प्रदेशका त्यस्ता ग्राहकहरुलाई सम्मान गरिएको छ ।
त्यसका लागि संचालक समितिबाट पुनरावलोकनको म्याद सहित पुनरावलोकन धरौटी रकममा संशोधन, पुनरावलोकन समितिको अध्यक्ष नियुक्ति लगायतको नीतिगत निर्णय गरिएको र सोही अनुसार सार्वजनिक सूचना जारी गरिएको छ। जस अनुसार पुनरावलोकनको लागी ४६ निवेदन प्राप्त भएको र हाल पुनरावलोकन कमिटिले पुनरावलोकन सम्बन्धी कार्य गरिरहेको छ ।
प्रतिक्रिया