कांग्रेसले सरकारलाई दिएको समर्थन लियो फिर्ता

२०८० फागुन २२ गते

कांग्रेसले सरकारलाई दिएको समर्थन लियो फिर्ता

काठमाडौं । सत्ता समीकरण परिवर्तन भएपछि नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । प्रधानमन्त्री प्रचण्डले सोमबार नेकपा एमालेसँग सत्ता सहकार्यको सहमति गर्दै कांग्रेसका सहित सबै दलबाट बनेका मन्त्रीहरुलाई बर्खास्त गरेर नयाँ मन्त्रिपरिषद बनाएका छन् ।

Advertisement:

Ad
Ad