कार्यकाल नसकिदै १३ देशको राजदुत फिर्ता बोलाउँदा राज्यलाई करोडौ घाटा

२०८२ वैशाख ३१ गते

कार्यकाल नसकिदै १३ देशको राजदुत फिर्ता बोलाउँदा राज्यलाई करोडौ घाटा

काठमाडौ । सरकारले कार्यकाल नसकिदै १३ देशका राजदुतलाई फिर्ता बोलाउँदा राज्यको ठुलो खर्च भएको एउटा प्रतिवेदनले खुलासा गरेको छ । महालेखा परिक्षकको ६२ औ प्रतिबेदनले समय अगावै ती रादजुत फिर्ता गर्दा राज्यको दायित्व बढेको बताएको छ ।

कुनै पनि राजदुतको पदँवत्रि नियोगमा हाजिर भएको मितिले ४ बर्षको हुनेछ  । समय अगावै स्वदेश फिर्ता गरिएका १३ राजदुतलाई बिमा रकम १ करोड १३ लाख ९६ हजार रुपैयाँ, हवाइ भाडा १ करोड २४ लाख ४३ हजार र ढुवानी खर्च  १ करोड २४ लाख ४३ हजार समेत गरी २ करोड ८६ लाख ६९ हजार रुपैयाँ भुक्तानी दिएको महालेखाले भनेको छ । यसले गर्दा राज्यलाई अनावश्य खर्चको भार परेको देखिन्छ । 

Advertisement:

Ad
Ad