बालेनद्वारा मन्त्रिपरिषद् विस्तार, दुई नयाँ मन्त्री भित्रिँदै

२०८२ चैत २७ गते

बालेनद्वारा मन्त्रिपरिषद् विस्तार, दुई नयाँ मन्त्री भित्रिँदै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) मन्त्रिपरिषद् विस्तारको तयारीमा छन्। स्रोतका अनुसार, उनले दुई जना नयाँ मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन्। यसअघि हिजो मात्रै श्रममन्त्री दिपक साहलाई पदमुक्त गरेका प्रधानमन्त्री शाहले अब रामजी यादव र गौरीकुमारी यादवलाई मन्त्रिपरिषद्मा ल्याउन लागेका छन्।

 

Advertisement:

Ad
Ad

सम्भावित जिम्मेवारी अनुसार, रामजीलाई श्रम मन्त्रालय र गौरीकुमारीलाई उद्योग मन्त्रालयको नेतृत्व सुम्पिने तयारी छ। उद्योग मन्त्रालय भने यसअघि प्रधानमन्त्री शाह आफैंले सम्हाल्दै आएका थिए। रामजी यादव सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् भने गौरीकुमारी यादव महोत्तरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधित्व गर्छिन्।