मस्कोस्थित एक कन्सर्ट स्थलमा आक्रमण, ४० जनाको मृत्यु

२०८० चैत १० गते

मस्कोस्थित एक कन्सर्ट स्थलमा आक्रमण, ४० जनाको मृत्यु

काठमाडौं। रुसको राजधानी मस्कोको बाहिरी भागमा मानिसहरुले खचाखच भएको एक कन्सर्टमा बन्दुकधारीले आक्रमण गर्दा ४० जनाको मृत्यु भएको छ ।

क्रोकस सिटी हलमा भएको सो आक्रमणमा सय जनाभन्दा बढी घाइते भएको रुसी गुप्तचर निकाय एफ.एस.बि संघीय सुरक्षा सेवाले जनाएको छ । घटनाको जिम्मेवारी विद्रोही समूह इस्लामिक स्टेटले लिएको छ । यस विषयमा रुसले भने हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

Advertisement:

Ad
Ad

नाटकीय रुपमा कन्सर्ट भइरहेका बेला एकाएक विष्फोट गराइएको थियो । घटनापछि सार्वजनिक भएको भिडियोमा कन्सर्टमा सहभागीहरु डराएको र लुकिरहेको दृश्य देखिन्छ ।

आक्रमणपछि कम्प्लेक्सको छतमा ठूलो आगलागी भएको छ । अझै पनि बन्दुकधारीको पहिचान हुन नसकेको र खोजी जारी रहेको रुसको राष्ट्रिय सुरक्षा गार्डले जनाएको छ ।

रासस