नेप्से परिसूचक ९.१९ अंकले बढ्यो, कारोबार रकम भने केहि घट्यो

२०८० चैत २७ गते

नेप्से परिसूचक ९.१९ अंकले बढ्यो, कारोबार रकम भने केहि घट्यो

काठमाडौँ ।  मंगलबार शेयर बजार एकल अंकले बढेको छ । यस दिन नेप्से परिसूचक ९.१९ अंकले बढेर २०३६.०१ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.४५ प्रतिशतले बढ्न पुगेको हो ।

आज नेप्सेमा १३ उपसमूहमध्य १० उपसमूहका परिसूचक बढेका छन् भने अरु तीन उपसमूहक परिसूचक घटेका छन् । यस दिन सर्वाधिक बढ्नेमा फाइनान्स उपसमूह रह्यो जसको परिसूचक २.७९ प्रतिशतले वृद्धि भएको छ । यसै गरी सर्वाधिक घट्ने उपसमुहमा उत्पादन तथा प्रशोधन उपसमूह रह्यो जसको परिसूचक १.४६ प्रतिशतले घटेको छ ।

Advertisement:

Ad
Ad

नेप्से बढे पनि आज कारोबार रकम भने केहि घटेको छ । अघिल्लो कारोबार दिन ४.२५ अर्ब बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१५ स्टकको ७२ हजार २६१ पटकको कारोबारमा ४ अर्ब १४ करोड ३७ लाख रुपैयाँ बराबरको ९७ लाख ८९ हजार २ सय १६ कित्ता शेयर खरिदबिक्री भएको छ । जसमा १५० वटा कम्पनी बढेका छन् भने ८६ वटा कम्पनी घटेका छन् । यसैगरी ९ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । यस दिन नेपाल फाइनान्स, पोखरा फाइनान्स, ज्योति फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको छ । मंगलबार सर्वाधिक घट्नेमा वेअन नेपाल लघुवित्त रह्यो जसको शेयरमा नकारात्मक सर्किट लागेको छ ।

आज सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा सुर्यज्योति लाइफ इन्स्योरेन्स रह्यो भने संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा पनि सोहि कम्पनीनै रह्यो ।