नेप्सेमा दोहोरो अंकको उछाल, कारोबार रकम पनि बढ्यो

२०८१ असार २० गते

नेप्सेमा दोहोरो अंकको उछाल, कारोबार रकम पनि बढ्यो

काठमाडौँ ।  साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । यस दिन नेप्से १५.४६ अंकले बढेर २११९.६९ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.७३ प्रतिशतले बढेको हो ।

आज नेप्सेमा १३ उपसमूहमध्य ११ वटा उपसमूहको परिसूचक बढेका छन् भने अन्य दुई वटा उपसमूहको परिसूचक घटेका छन् । बिहिबार सर्वाधिक बढ्ने उपसमूहमा विकास बैंक उपसमूह रह्यो जसको परिसूचक ३.४३ प्रतिशतले वृद्धि भएको छ । यसै गरी सर्वाधिक घट्नेमा फाइनान्स उपसमूह रह्यो जसको परिसूचक ०.५९ प्रतिशतले घटेको छ ।

Advertisement:

Ad
Ad

नेप्से बढेसँगै आज कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन ५ अर्ब ८ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएकोमा यस दिन ३१३ वटा स्टकको ८४ हजार एक सय २६ पटकको कारोबारमा ६ अर्ब ४८ करोड रुपैयाँ बराबरको २ करोड २१ लाख कित्ता शेयर खरिदबिक्री भएको छ । जसमा १४८ वटा कम्पनी बढेका छन् भने ९३ वटा कम्पनी घटेका छन् । यसैगरी ६ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । यस दिन सर्वाधिक बढ्नेमा आँखु खोला जलविद्युत कम्पनी रह्यो जसको शेयरमा सकारात्मक सर्किट लागेको छ । सर्वाधिक घट्नेमा दोर्दी खोला जलविद्युत कम्पनी रह्यो जसको शेयरमा ४.७५ प्रतिशतको गिरावट आएको छ ।

बिहिबार सर्वाधिक रकमको कारोबार गर्नेमा एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेवेलपमेन्ट कम्पनी रह्यो जसको ३० करोड ९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा एनआइसी एसिया ब्यालेन्स्ड फण्ड रह्यो जसको ३५  लाख कित्ता शेयर किनबेच भएको छ ।